तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा हावाहुरीसँगै आएको असिना पानीले फलफूल तथा तरकारी बाली नष्ट

महोत्तरी ।  महोत्तरीको बर्दिवास नगरपालिकामा शुक्रबार दिउँसो आएको असिनापानी र हावाहुरीको कारण किसानहरुको बालीमा ठुलो क्षती पगेको छ ।

बर्दिवास नगरपालिका ६ र ७ मा परेको असिनापानीको कारण फलफूल तथा तरकारी बालीमा करोडौं रुपैयाको क्षति पुगेको स्थानीय किसान बिन्देश्वर साहले बताउनुभयो ।

उहाँले असिनापानी र हाबाहुरीले किसानको सयौँ बिगाहाको उत्पादन हुन लागेको तरकारी बाली, आँप, मकै बाली नष्ट गरेको बताउनुभयो ।

असिनापानीसहितको हावाहुरीले किसानको आँपलाई ठुलो क्षति पुर्याएको छ ।

बर्दिवास नगरपालिका-७ किसाननगर, मनहरीपुर, प्रेमनगर, जुरेटोल, फूलवारी टोलमा किसानहरुको सयौँ बिगाहाको तरकारी बाली, आँप, मकै, गहुँलगायतको बाली नष्ट गर्नुका साथै क्षति पुर्याएको बर्दिवास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष फाल्गुन मगरले जानकारी दिनुभयो ।

उहाँले यस वडामा रहेको केही घर र बंगुर फर्मको छानो असिनाले क्षति पुर्याएकोे बताउनुभयो । क्षतिको यकिन तथ्यांक संकलन गर्ने कार्य सुरु भएको बताउनुहुँदै उहाँले किसानहरुको करोडौँको क्षति भएको बताउनुभयो ।

किसानहरुको सयौँ बिगाहाको तरकारी बाली, मकै, गहुँ, आँपलगायतको असिनाले नष्ट गरपछि आफुहरु मर्कामा परेको किसानहरुको भनाई छ ।

कोरोनाको भाइरसले आक्रान्त बनाइरहेका बेला तरकारी बजार सम्म पुग्न नपाएको र असिना पानीले समेत क्षति पुर्याएपछि किसानहरु थप मर्कामा परेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

खेतीकिसानी गरेर जीबिकोपार्जन गर्दै आएका किसानहरु उत्पादन हुने बेलामा बाली नष्ट भएपछि असिना, पानी र हावाहुरी पुर्याएको क्षतीको तत्काल तथ्यांक संकलन गरी कृषि राहत बितरण गर्न यस क्षेत्रका किसानहरुले माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button