२०७८ साल असार १ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्रनगरले बाँड्यो रु दुई करोड राहत   

रेडियो नेपाल २०७७ वैशाख १४ गते ८:२४

सुर्खेत  – वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।

कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले शुक्रबारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो ।

कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिनुभयो ।

नगरपालिकाले कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको रु ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट रु छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जनाएको छ ।

कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माणकार्यलाई भौतिक दूरी कायम गरी रोगको सङ्क्रमण पैmलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै यस अवधिमा कोरोना भाइरस सङ्क्रमण भए÷नभएको पत्ता लगाउन १६० जनाको दु्रत निदानात्मक परीक्षण (आरडिटी) गरिएको जनाएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना सङ्क्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित