तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ५२ भारतीय नागरिक स्वदेश फिर्ता

शशि पन्थी, भैरहवा । नेपालमा काम गर्ने भारतीय नागरिकहरु नेपालको क्वारेन्टाइनमा बसी बेलहीया नाका हुँदै भारत गएका छन् ।

१ सय ५२ जना भारतीय नागरिकहरुलाई प्रक्रिया पुरा गरी भारत पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । १ सय ५५ जना मध्ये १ जनालाई पहिले नै पठाइएको र २ जना १२ गते शुक्रबार भागेर गएको पन्थले जानकारी दिए ।

विश्वमा फैलिएको कोरोना महामारीका कारण दुवै देशमा लकडाउन भएका कारण सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रहेको प्रतिमान निमा कलेजमा २५ औँ दिन सम्म बसेर स्वदेश फिर्ता भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाको ब्यवस्थापनमा नेपालका बिभिन्न स्थानमा काम गर्ने भारतीय नागरिकहरु आफ्ने देश जान नपाएर बिचमै अलपत्र परेका तथा जाँदै गरेको अवस्थामा ल्याई निमा प्रतिमान निमा कलेजमा राखिएको थियो ।

सिद्धार्थनगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई सुरक्षा तथा स्वास्थ्य चेक जाँच गरि राखेको थियो ।

भारतीय सुरक्षाकर्मीले नेपालको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुलाई नेपालको सिद्धार्थनगर नगरपालिकामा आई लिइ गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button