तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरः यार्सा संकलनमा रोक

मुगु । कोराना भाईरस कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा सहज होस भनेर सरकारले लकडाउन गरेपछि यसको असर यार्सा संकलनमा पनि परेको छ ।

प्रत्र्यक वर्ष बैशाख महिनाबाट मुगुका विभिन्न पाटन क्षेत्रहरुमा पाईने यार्सागूम्वा संकलन गरिने भएपनि यो वर्ष कारेना भाईरस रोकथाम र नियन्त्रणका लागी स्थानीय सरकारले यार्सागुम्बा संकलन, पाटन तथा वनक्षेत्रमा प्रवेश निषेध गरेको छ ।

मुगु जिल्लाका चार वटा स्थानीय तहहरु मध्य मुगुम कार्मारोङ्ग गाँउपालिकाका वडा नं १,२ र ७ नं वडाहरुका २ दर्जन बढी पाटन क्षेत्रहरुमा पाईने यार्सागुम्वा यो वर्ष संकलनमा गाँउपालिकाले रोक लगाएकोले संकलक तथा खरिदकर्ता गाँउपालिकामा नआउन हुन भन्दै शुक्रबार गाँउपालिकाले सुचना सार्वजनिक गरेको हो ।

यार्सागुम्वा संकलन गर्न खरिद गर्न देश भित्रका विभिन्न जिल्लाहरु र छिमेकी भारत तथा चिनको तिब्बत क्षेत्रबाट संकलन तथा खरिदकर्ताहरु हजारौको संख्यामा गाँउपालिका क्षेत्रमा आउने भएकाले विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाईरसको संक्रमण हुने सम्भावना भएको र नेपाल सरकारले पनि ठ्ला जमघड भेला नगर्न समेत भनेकाले यो वर्ष गाँउपालिकाले यार्सागुम्वा संकलनमा रोक लगाएको हो मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताउनु भयो ।

मुगालीहरुको खेतगरामा भएको उत्पादनले बढीले ४ महिनासम्म पुग्ने भएकाले अधिकांश मुगालीहरु यो सिजनमा १ महिना यार्सा संकलन गर्न पाटनहरुमा जाने र संकलन गरेका यार्साका बुटीहरु खरिदकर्तालाई पाटन मै विक्री गरेर वर्ष भरीको घर खर्चको जोहो गर्ने गर्दथे ।

कोरोनाको असरले सर्वसाधरणको रोजीरोटी, वर्षभरीको आम्दानी, खर्च र गाँउपालिकाको आम्दानी यो वर्ष रोकीने भएको छ ।

गत वर्ष यार्सा संकलन गर्न मुगुमा २० हजार बढी संकलकहरु पाटन क्षेत्रमा प्रवेश गरेका थिए भने १ करोड भन्दा बढी स्थानीय राजश्व आम्दानी गरेको गाँउपालिकाले जनाएको छ ।

कयो वर्ष यार्सा संकलन गर्न नपाईने भएपछि यार्सा संकलनबाटै वर्षभरीको खर्च जोहो गदै आएका यहाँका स्थानीयबासीहरु चिन्तित भएका छन । छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेखका अंकबहादुर बुढा आफना गाँउमा मात्र बर्षेनी ८० देखि ९० लाख यार्सा विक्रीबाटै गाँउलेहरुले आम्दानी गर्थे । एक जनाले कम्तिमा ३ लाखसम्म कमाएर ल्याउथे । कोरोनाले यार्सा टिप्न पनि रोकीयो विकास निमार्णका काम पनि शुरु भएका छैनन यो वर्ष गाँउमा भाकमरी हुने भयो घरखर्च जुटाउन गाँउलेहरुलाई गा्रहो हुने भयो भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ ।

युवा शक्ति यो सिजनमा गाँउहरु खाली गरेर यार्सा टिप्न पाटनहरुमा जाने भएकाले हरेक वर्ष यहाँका गाँउहरु सुनसान र खाली हुने गरेका थिए भने गाँउमा बालबच्चा,अशक्त, जेष्टनागरिक मात्र बस्ने गर्थे तर यो वर्ष मात्र गाँउहरु सुनसान र खाली नहुने भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button