तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि

फाइल तस्बिर

सल्यान । बन्दाबन्दी एक महिना लम्बिएसँगै बजारमा दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि भएको छ । लकडाउनका कारण दैनिक उपभोग्य वस्तु आयातमा समस्या भएपछि दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि आएको व्यापारीहरुको भनाइ छ ।

दैनिक उपभोग्य खाद्यन्न, दाल, चिनी, तरकारी लगायतका वस्तुको मूल्य वृद्धि भएको हो ।

बजारमा एक हजार चार सय रुपैयाँमा पाइने एक कार्टुन तेल अहिले दुई हजार रुपैयामा बिक्री हुने गरेको छ । यस्तै तीन हजार छसय रुपैया क्विन्टल पाइने चामल अहिले पाँच हजार रुपैया प्रति क्विन्टल पर्ने गरेको छ ।

मनसुली चामल एक क्विन्टल चार हजार भार सय रुपियाँ पर्ने चामल अहिले पाँच हजार पाँच सय बिक्री हुने गरेको छ ।
खाद्यान्न समाग्रीका साथै तरकारीको मुल्य पनि बढेको छ । बन्दाबन्दी अघि बजारमा प्रति केजी ८० रुपिया पर्ने टमाटर अहिले प्रति केजी १२० रुपियाँ पर्ने गरेको उपभोक्ताको गुनासो रहेको छ ।

बागचौर नगरपालिका–४ पेदिखोलाका तुलसीराम घर्तिले बन्दाबन्दी पहिले तीन हजार छ सय रुपैयाँमा किन्ने गरेको चामल अहिले भने प्रति क्विन्टल छ हजारमा किनबेच भएको बताए । उनका अनुसार दैनिक उपभोग्य हरेक वस्तुमा मुल्य बढेको छ ।

सुजन सप्लार्यस शितलपाटीका प्रोप्राइटर हरी न्यौपानेले खाद्यान्न समानको उत्पादनमा कमी आएकोले मुल्य बढेको हुन सक्ने बताए । लकडाउनले विरगंज र भारतबाट आउने समान आएको छैन । छिमेकी जिल्लाबाट समान किन्दा महंगो पर्न गएको छ उनले भने ।

वुढाथोकी स्टोरका प्रोप्राइटर कमान सिंह वुढाथोकीले हरेक उपभोग्य वस्तुको २० देखि ३० प्रतिशत सम्म मुल्य वृद्धि भएको बताए । अहिले वजारमा आउने हरेक सामानको मुल्य बढेको उनको भनाई छ ।

सल्यान प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिक उपभोग्य वस्तुको मुल्य बढको जनगुनासो आएको वताए ।

बजारमा मुल्य किन र कसरी बढ्यो त्यसका लागि अनुगमन गर्न स्थानीय तहसँग समन्वय गरिएको प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button