तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंबाट उदयपुर जाँदैं गरेको बस दुर्घटना हुँदा सह–चालकको मृत्यु

महोत्तरी । लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटुमा दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनु कुमार साहले दिनुभएको जानकारी अनुसार बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचएर सह–चालक दोलखाको तामाकोसी–२ घर भएका बाबुराम विश्मकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै दुर्घटनमा परेर गम्भिर घाइते भएका दोलखाकै तामाकोसी–२ का २२ बर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमाा उपचार भइरहेका इप्रका बर्दिबासले जनाएको छ ।

लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुको उदयपुरको चौडण्डी नगरपालिकाले बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस शनिवार बिहान चार बजे दुर्घटनमा परेको हो । दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति १० बजे बा ३ ख ४०३६ नम्बरको बसमा ३५ जना यात्रुलाई काठमाडौंबाट लिएर उदयपुर आउदै गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button