तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

नेपालगन्ज  ।  मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

नेपालगन्ज १६ जयसपुरस्थित दशगजामा रहेको क्वारेन्टाइनमा ड्युटी सकेर राँझास्थित आफ्नो कोठामा जाने क्रममा आज बिहान करिब ३ बजेतिर हुम्ला घर भएका प्रहरी जवान २६ बर्षीय सुवास सार्कीको नेपालगन्ज २० राँझाचोक नजिकै रोड डिभाइडरमा मोटरसाइकल ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक  शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button