तपाईँ सुन्दै हुनुहुन्छः

टेमासेक फाउन्डेशनद्वारा नेपाललाई १० हजार किट प्रदान

सिंगापूरका लगानीकर्ता कम्पनीहरुले स्थापना गरेको परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ ।

नेपालमा फ्रन्टलाइन स्वास्थकर्मीद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिने ती किटहरु नेपाली सेनालाई प्रदान गरिएको फाउण्डेशनले जनाएको छ

फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी (A START) द्वारा सारस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि अलइनवान आरटी—पीसीआर किट हो ।

यो किटमा आरटी—पीसी रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँदछ ।

टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले यो कठिन समयमा, टेमासेक फाउन्डेशनले प्रदान गरेका किटहरु नेपालमा साहस पूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु र नीजि क्षेत्रको सहयोगमा श्री एयरलाइन्स प्लाइट चार्टड गरेर नेपालमा ल्याएको जनाएको विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button