तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर प्रवेश गर्ने यात्रुको अनिवार्य सेनिटाइज

मकवानपुर । प्रदेश २ लगायत विभिन्न जिल्लाबाट मकवानपुर आउनेहरुलाई सेनेटाइज गरेर मात्र प्रवेश गर्न दिइने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै तराइका जिल्लाबाट आएका यात्रुहरुलाई सेनिटाइज गरेर मात्र मकवानपुर प्रवेश गराइने भएको हो ।

शुक्रबार हेटौंडा–१५ रातोमाटेमा हेटौडा उपमहानगरपालिकाले सेनेटाइज मेसिन राखेर अनिवार्य सेनिटाइज गर्न सुरु गरेको छ ।

रातोमाटेस्थित प्रहरी चेकपोष्टमा सेनिटाइज मेसिन राखेर यात्रुहरुलाई सेनिटाइन गरेर मात्रै जिल्ला प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रातोमाटे चेकपोष्टमा डिउटीमा बसेका प्रहरीहरुले यात्रुहरुलाई सेनिटाइज गर्ने जनाइएको छ ।

नेपाल युवा उद्यमी मञ्च चितवनले निर्माण गरेको दुई सय लिटर क्षमताको मेसिनबाट एक पटकमा दुई हजार जनालाई सेनेटाइज गर्न सकिने बताइएको छ ।

एक पटकमा ४ जनालाई सेनेटाइज गर्न सकिने उक्त मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button