२०७८ साल असार ८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

रेडियो नेपाल २०७७ वैशाख १२ गते १६:००

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।

नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि’ (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित