तपाईँ सुन्दै हुनुहुन्छः

आरडीटी पोजेटिभ आएको युवतीको पीसीआर रिपोर्ट नेगेटिभ

अछाम । आरडीटी विधिबाट कोरोना भाइरस पाइएकी अछामको बान्नीगढी जयगढ गाउँपालिकाका २० वर्षीया युवतिको पिसिआर जाँचमा कोरोना नेगेटिभ आएको छ ।

आरडीटी विधिबाट पोजेटिभ देखिएकी ती युवतीको स्वाब संकलन गरेर धनगढी लगिएको थियो । धनगढीमा ल्याब परिक्षणबाट रिपोर्ट नेगेटिभ आएको बयलपाटा अस्पतालका मेडिकल निर्देशक डा.विकास गौचनले जानकारी दिनुभयो ।

युवतीको सँगै अन्य ६ जनाको स्वाब पनि धनगढीमा पिसिआर जाँचको लागि पठाएकोमा सबैको कोरोना नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले तीन अघि बान्नीगढी जयगढ गाउँपालिकाका ७१ जनामा छिटो विधिबाट कोरोना परिक्षण गरेको थियो ।

उक्त टेस्टमा एक युवतीको नतिजा पोजिटिभ आएकोमा धनगढीमा पीसीआर परिक्षणबाट कोरोना नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि ती युवतीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको बयलपाटा अस्पतालको मेडिकल निर्देशक डा.गौचनले जानकारी दिनुभयो ।

एक हप्ता अघि छिमेकी जिल्लाबाट आएकी ती युवती गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेकी थिइन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button