तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमित एकको नतिजा नेगेटिभ

चितवनभरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ । उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए । विदेशबाट आएकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा आमाको नतिजा शङ्कास्पद आएसँगै उनीसँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालमा ल्याई स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणका क्रममा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button