तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा राहत वितरण गर्न गएका एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ् गाउँपालिकामा राहत विरण गर्न गएका एकजनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका–६ सिलिङमा राहत वितरणका लागि गएका एकको जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटा प्रखिबासका अन्दाजी ५५/६० बर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।

‘दिगो विकासका लागि एकता नेपाल’ नामक संस्थाबाट राहत वितरणका लागि राक्सिराङ–६ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भएका थिए । उनको उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको र मृतकको आफन्त आइसकेको दिगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अञ्जन पौडेलले जानकारी दिनुभयो । दिगो विकासका लागि एकता नेपालले उक्त क्षेत्रमा गाउँपालिकासंगको सहकार्यमा करीब १७ लाख बराबरको राहत सामग्री बितरण गर्नेगरि सम्झौता गरेको थियो । सोही बमोजिम राहत वितरण गर्न उक्त क्षेत्रमा गएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button