तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल दुर्घटनामा चालक युवाको मृत्यु

भक्तपुर । भक्तपुरमा बिहीवार साँझ भएको मोटरसाईकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

जिल्लाको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित अरनिको राजमार्गमा भएको दुर्घटनामा मोटरसाईकल चालक मध्यपुरथिमि ५ का ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाने क्रममा पानी परेर चिप्लो भएको सडकमा बा. ३९ प. ५७४१ नम्बरको मोटरसांंईकल दुर्घंटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पतालठिमिमा लगिएकोमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button