तपाईँ सुन्दै हुनुहुन्छः

‘६ लाख बढी असंगठित श्रमिकलाई राहत उपलब्ध’

अच्युत अर्याल । सरकारले लकडाउन गर्न गरेको निर्णय र यसमा आम नागरिकको सहयोगका कारण मुलुकमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सकिएको जनाएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अत्यावश्यक कुरालाई सहज बनाउदै लाने र स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण, जनशक्ति लगायतका आधारमा जोखिमबाट मुक्त हुन सक्ने देखिए पछि मात्र लकडाउनलाई के गर्ने भन्ने विषयमा निर्णय लिइने बताउनुभयो ।

मन्त्री डा. खतिवडाले मुलुकभर हालसम्म ६ लाख भन्दा बढी असंगठित क्षेत्रका श्रमिकलाई राहत उपलब्ध गराइएको र असंगठित एवं संगठित दुवै क्षेत्रका श्रमिकहरुलाई कसरी राहत उपलब्ध गराउने भन्ने विषयमा सरकार, श्रमिक र लगानीकर्ताको सामूहिक सहमतिमा अघि बढ्ने बताउनुभयो ।

उहाँले राजश्व संकलन अपेक्षाकृत हुन नसकेको र खर्च गर्ने क्षमतामा समेत अवरोध आएको उल्लखे गर्नुहुदै आगामी दिनमा हुन सक्ने आर्थिक मन्दिलाई ध्यानमा राखेर बजेट निर्माणको कार्य भइरहेको जानकारी दिनुभयो ।

कोरोना रोकथामका लागि गरिएको निर्णयले प्रभाव पारेका क्षेत्रमा सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button