तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य संघद्वारा भद्रपुरको विपद कोषमा ५१ हजार नगद र ५० थान केएन ९५ मास्क सहयोग

भद्रपुर । उद्योग वाणिज्य संघ झापाले भद्रपुर नगरपालिकाको विपद व्यस्थापन कोषमा ५१ हजार नगद र ५० थान एन ९५ मास्क सहयोग गरेको छ ।

आफ्नो आम्दानीको बलियो स्रोत नभएको संघले कार्यसमिति पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरी भद्रपुर नगरपालिकालाई सहयोग गरेको हो ।

संघअन्तर्गत अन्य पालिकाहरुमा रहेका शाखाहरुले सम्बन्धित पालिकालाई र जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि सम्बन्धित पालिकामा सहयोग गरेकोले अर्को छुट्टै संघ नभएको भद्रपुर नगरपालिकालाई सहयोग गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिनुभयो ।

बिहीबार अध्यक्ष पनेरुसहित संघका बिशिष्ट सदस्य अजय साहेवाला, महासचिव पंकज शर्मा, वाणिज्य सचि सुविन खड्का, सदस्य पवन श्रेष्ठलगायत नगरपालिका पुगेर रकम हस्तान्तरण गर्नु भएको हो । अध्यक्ष पनेरुले ५१ हजारको चेक र मास्क उपप्रमुख चन्द्रमाया श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

नगरपालिकालाई हस्तान्तरण गरिएको मास्क उद्योगी महेश मित्तलले उपलब्ध गराएको अध्यक्ष पनेरुले जानकारी दिनुभयो ।

यसैबीच, लामो लकडाउनका कारण बजारमा तरकारीको अभाव र चर्को मूल्य देखिएपछि संघले राष्ट्रिय उत्पादन तथा स्वाभिमान कार्यक्रमअन्तर्गत भद्रपुरको सबै वडाका तरकारी किसान तथा व्यवसायीलाई विभिन्न तरकारीको गुणस्तरीय बीऊ–बिजन उपलब्ध गराउने तयारी गरिएको पनि अध्यक्ष पनेरुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button