तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसेन नगरपालिकाद्वारा समुदायस्तरमै कोरोना परिक्षण

अछाम । अछामको मंगलसेन नगरपालिकाले नगरभित्रका सबै वडामा शंकास्पद व्यक्तिहरूको छिटो विधि (आरडीटी)बाट कोरोना परिक्षण कार्य जारी राखेको छ ।

जस अन्तरगत आज वडानम्वर ८, ९, १० र ११ मा १६ जनामा छिटो विधिबाट कोरोना परिक्षण गरिएको छ ।

जुपु स्वास्थ्यचौकीमा पाँच जना पुरुष र ओलीगाउ स्वास्थ्य चौकीमा ११ जनाको परिक्षण गरिएको हो ।

परिक्षण गरेका सबै १६ जनाको रिपोर्ट नेगेटिभ आएको मंगलसैन नगर स्वास्थ्य शाखाका प्रमुख मान बहादुर सोडारीले जानकारी दिनुभयो ।

मंगलबार वडानम्वर १२ र १४ मा तीन महिला र आठ पुरुष गरि ११ जनाको परिक्षण गरिएकोमा उनिहरुको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

वडा÷ वडामा आरडिटि परिक्षणका लागि मंगलसेन नगरपालिका स्वास्थ्य शाखाबाट ल्याव असिस्टेन्ट शिद्दराज देवकोटा र गणेश सोडारीलाई खटाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सोडारीले बताउनुभयो ।

बिदेशबाट आएकाहरुलाई घरदैलोमा कोरोना परिक्षणको सेवा दिने उदेश्यले सबै वडामा आरडिटि परिक्षण भइरहेको उहाँको भनाई छ ।

यो चरणमा नगरभरी ७० जना भारत लगायत तेस्रो मुलुकबाट आएको जानकारी रहेको र ती सबैको कोरोना परिक्षण गरिने नगरपालिका प्रमुख पदम बोहराले जानकारी दिनुभयो ।

अछाममा हालसम्म पीसीआर र आरडीटी गरि करिब पाँच सय ६० को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button