तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका अधिकांश स्थानमा खानेपानीको अभाव

सल्यान । सल्यानका ग्रामीण भेगका गाउँबस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । बढ्दो गर्मीले एकातिर पानीका मुहान सुक्न थालेका छन् भने अर्कोतिर पानीको माग दिन प्रतिदिन बढ्दै जान थालेको छ ।

खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउन समेत पानी नपाउने अवस्था आएपछि स्थानीयवासी घण्टौं पैदल हिँडेर खानेपानीको जोहो गर्न बाध्य भएको बनगाड कुपिण्डे नगरपालिका ४ डोप्केका स्थानीय दुर्गा बस्नेतले बताए । गाउँहरूमा खानेपानीको अभाव हुन थालेपछि पशुचौपाया समेत संकटमा पर्न थालेको स्थानीय बताउँछन् ।

गाउँमा ६५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । एक गाग्री पानीका लागि दिनभर धारोमा बिताउनु पर्ने बाध्यता छ उनले भने ।

कोरोना भाइरसको सन्त्रास भन्दा सल्यानका स्थानीयलाई भने खानेपानीको पिरलोले बढी सताउने गरेको छ । लकडाउनमा भीडभाड नगर्ने भनिए पनि खानेपानीको अभावका कारण भीडभाडमा जानु पर्ने बाध्यता रहेको रुमा बुढाले बताइन । दैनिक ५० लिनटर खानेपानी पालो लगाएर लिने गर्छौं तर घरमा रहेका गाईभैसी लगायतका बस्तुभाउलाई के खुवाउने उनले प्रति प्रश्न गनिन ।

कोरोनाबाट बच्न दैनिक १५/१६ पटक साबुन पानीले मिचिमिचि हात धुने भनिए पनि एक अम्खोरा पिउन समस्या भइरहेको उनको भनाई छ । उनले भनिन कोरोना भाइरसको भन्दा आफूलार्य कति बेला पानी भर्ने र घरको काम गर्ने भन्ने चिन्ताले बढी सताउने गरेको छ ।

पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेको उनको भनाई छ । गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको मुहान तथा कुवाहरुबाट पानी बोक्नु पर्ने बाध्यता भएकाले एक जनाको काम नै पानी बोक्ने हुने गरेको स्थानीयको भनाई छ ।

आधारभुत खानेपानीको सुविधा नहुँदा अधिकांशले प्रदुषित पानी खान बाध्य भइरहेको कुमाख गाउँपालिका ४ थदाराका मिसर कुमार आर्चायले बताए । कुइयापानी, थदरा, स्यानिपिपल, भण्डारखोला लगायतका ठाउँमा खानेपाीको चरम अभाव रहेको उनको भनाई छ । पानीको अभाव भएपछि भेरी नदि किनारमा जानु पर्ने बाध्यता रहेको आचार्यले बताए ।

भएका योजना जीर्ण बन्नु, कुनै योजना निमार्ण नै अलपत्र पर्नु र कुनै बस्तीमा खानेपानी योजना नै नहुनुले स्थानीयले खानेपानीको अभाव झेल्दै आइरहेका छन् ।

समुन्द्री सतहदेखि पाँच सय मिटरमाथिको उचाईमा रहेको बस्तीमा खानेपानीको अभाव रहेको छ ।
जिल्लाका १० वटै स्थानीय तहका अधिकांश बस्ती डाडाँमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button