तपाईँ सुन्दै हुनुहुन्छः

हलेसी तुवाचुङमा राहतको तस्वीर खिँच्न रोक

खोटाङ-हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’का मारमा परेका विपन्न परिवारलाई वितरण गरिने राहत सामग्री तथा विपन्न परिवारको तस्वीर खिँच्न प्रतिबन्ध लगाएको छ । मुलुकभर विपन्न परिवारलाई राहत वितरण गरिएको तस्वीर खिँचाएर सामाजिक सञ्जालमा राख्ने चलनका बीच नगरपालिकाले तस्वीर खिँच्न रोक लगाएको हो ।

लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई उनीहरुको वडामै लगेर राहत सामग्री वितरण गर्न स्वयं वडाध्यक्षलाई जिम्मा दिइएको नगर प्रमुख इवन राईले बताउनुभयो ।

नगरपालिकाले उपलब्ध गराउने राहत सामग्री वितरणका क्रममा नगरप्रमुख राई र उपप्रमुख विमला राई कुनै पनि वडामा पुग्नुभएको छैन । कोभिड–१९को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आह्वान गरिएको ‘लकडाउन’का कारण आयमूलक काम गर्न नपाएपछि समस्यामा परेका ११ वटै वडाका विपन्न परिवारलाई नगरपालिकाले यही वैशाख ७ गतेदेखि खाद्यान्न वितरण शुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button