तपाईँ सुन्दै हुनुहुन्छः

बैंकर्सहरुद्वारा राहत दिनेबारे छलफल शुरु

कोभिड १९ को असरले अप्ठेरोमा परिरहेका ऋणीलाई के कस्तो राहत दिन सकिन्छ भनेर नेपाल बैंकर्स संघले छलफल थालेको छ ।

संस्थागत निक्षेपकर्ताको ब्याज घटाएर आधार दर कम गर्दै ऋण सस्तो बनाउने, आधार दरपछि कायम गरिने प्रिमियम कटौती लगायतको विषयहरुमा बैकर्सहरुले छलफल अघि बढाएको भएपनि बैंकर्स संघ कुनै निर्णयमा पुगिसकेको छैन । राहतका विषयमा छलफल गर्न नेपाल बैकर्स संघले बिहीबार कार्य समितिको बैठक डाकेको छ ।

ऋणको ब्याज दर कसरी घटाउन सकिन्छ भनेर छलफल गर्न लागेको तथा बैठकका निर्णय र नेपाल राष्ट्र बैकले गरेको अध्ययनलाई समेत आधार बनाएर अघि बढने नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिनु भयो ।

संघले दुई साताअघि पुरानो भद्र सहमति पुनरावलोकन गर्दै निक्षेपको ब्याजदर गत बैशाख १ गतेबाट घटाइसकेका छन् ।

नेपाल राष्ट्र बैकले पनि मुलुकको वित्तीय क्षेत्रमा कोरोनाले पारेको प्रभावका बारेमा एक कार्यदल बनाएर अध्ययन गरिरहेको जनाएको छ ।

कार्यदलका संयोेजक तथा नेपाल राष्ट्र बैकका प्रवक्ता डा.गुणाकर भट्टले तथ्याङ्क संकलन गर्ने कामको प्रारम्भिक चरणमा कार्यदल रहेको र कर्जाका विभिन्न उपक्षेत्रहरुलाई मसिनो गरी अध्ययन गरेर केही दिनमा के कसरी अघि बढने भन्ने तय हुने जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button