तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विशेष अस्पतालको आईसोलसनमा दुइ सशस्त्र प्रहरीसहित पाँच जना

तुलसीपुर । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आईसोलसनमा दुई जना सशस्त्र प्रहरी सहित पाँच जनालाई राखिएको छ ।

सामान्य ज्वरो, रुघाखोकी लागेपछि उनिहरुलाई स्वास्थ्यकर्मीको समन्वयमा हिजो कोरोना विशेष अस्तालमा लगिएको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।

कोरोना भाइरस परीक्षणका लागि पाँचै जनाको स्वाब काठमाडाँै पाठाइएको छ । रिपोर्ट आज साँझसम्म आइपुग्ने डा. शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button