२०७८ साल असार ७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीको जनपथतर्फका १९ प्रहरी उपरीक्षकलाई एसएसपीमा बढुवा सिफारिस

रेडियो नेपाल २०७७ वैशाख १० गते १०:४९

काठमाडौँ –  नेपाल प्रहरीको जनपथतर्फ १९ प्रहरी उपरीक्षक(एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको बैठकले उहाँहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुने एसपीमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुँवेर कठायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण थापा र नवराज भट्ट रहेका छन् ।

यस्तै लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह, चन्द्रबहादुर कुवेरलाई पनि बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव रहेको सिफारिस समिति छ ।

 

सम्बन्धित