तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङको गलकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार दिउसो ३ बजे परेको चट्याङ लागेर गल्कोट नगरपालिका १ दुदिलाभाटीकी ६० वर्षीया विजुली खत्रीको मृत्यु भएको वडा अध्यक्ष नेत्र बुढाथोकीले जानकारी दिनुभयो ।

खत्रीसँगै रहनुभएका उहाँका श्रीमान भने घाईते भएको बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button