तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पतालमा स्यानिटाइजिङ मेशिन जडान

चितवन । लायन्स क्लब अफ इन्टरनेशनल तीन सय २५ वी टूको सहयोगमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा स्वचालित स्यानिटाइजिङ मेशिन जडान गरेको छ ।

भरतपुर महानगरको अगुवाइ र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेशिनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ ।

क्लबले रु दुई लाखको लागतमा अस्पतालमा स्यानिटाइजिङ मेशिन जडान गरेको भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिनुभयो । मेशिनसँगै एक हजार लिटर सानिजोलसमेत उपलब्ध गराइएको छ ।

सो मेशिन आजै एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको उपस्थितिमा सो मेशिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।

मेशिन हस्तान्तरण गर्दै क्लबका भाइस डिष्ट्रिक्ट गभर्नर भट्टले सङ्कटको समयमा क्लब पनि सँगै छ भन्ने उद्देश्यले यो मेशिन जडान गरिएको बताउनुभयो । हस्तान्तरण समारोहमा बोल्दै प्रदेशसभा सदस्य विजय सुवेदीले अबको समयमा शरीर सुरक्षित राख्नका लागि पनि यो आवश्यक रहेको बताउनुभयो । यसको प्रयोगले बिरामी, चिकित्सक दुवैले सुरक्षित महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button