तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना भाइरस प्रयोगशालाबाट निर्मित होइन’

काठमाडौं । विश्व स्वास्थ संगठनले प्राप्त सबै प्रमाणले कोरोना भाइस गत वर्ष चीनमा कुनै जनावरबाट मानिसमा सरेको र प्रयोगशालाबाट निर्मित नभएको बताएको छ ।

स्विजरल्यान्डको जेनेभा आज आयोजित एक पत्रकार सम्मेलनमा, विश्व स्वास्थ संगठनका प्रवक्ता फादिला चाइबले कोरोना भाइरसको उत्पत्ति कुनै जनावरमा भएको तर त्यो जनावर चमेरो वा अरु कुनै जनावर रहेको पत्ता लाग्न बाँकी रहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button