२०७८ साल असार १ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखको पहलमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

जीवन श्रेष्ठ २०७७ वैशाख ९ गते १७:५३

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ स्वास्थ्य संस्थामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराईएको छ ।

पहिलो चरणमा जिल्लाका नौवटा स्थानीय तहका ६८ वडाका ८७ स्वास्थ्यसंस्थाका लागि स्थानीय विपद व्यबस्थापन समिति मार्फत् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

वितरित सामग्रीहरुमा हरेक स्वास्थ्य संस्थाका लागि पिपिई सेट, थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पञ्जा, बुट लगायत छन् ।

आज जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिशंखुपाखर गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका लागि ती सामग्री वितरण गरिएको छ ।

स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ले नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ चिकित्सकहरुबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताउनुुभयो । सापकोटाको अनुसार उपलब्ध गराइएका पिपिई सेट पुन प्रयोग गर्न सकिने किसिमका रहेका छन् ।

सुनकोशी, बलेफी, र जुुगल गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुका लागि भोलि स्वास्थ्य सामग्री वितरण गरिने नेता सापकोटाले जानकारी दिनुुभयो ।

स्वास्थ्य संस्थाहरुमा बिरामी बढ्न थालेसँगै उपयुक्त स्वास्थ्य सामग्रीको अभावमा चेकजाँच गर्न अप्ठेरो भएको गुनासो आएपछि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित जनप्रतिनिधि, संघीय संसद प्रतिनिधि सभाका सभामुख सापकोटाको पहलमा ती स्वास्थ्य केन्द्रहरुमा सामग्री पठाइएको हो ।

दोस्रो चरणमा स्थानीय विपद् व्यबस्थापन समितिहरुसँग समन्वय गरेर खाद्यान्न लगायत सामग्री वितरणको तयारी गरिएको छ ।

सम्बन्धित