तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी र थुनुवाको परीक्षण

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा कोरोना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

मस्जिदमा अनुगमन

भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सोमबार लहान नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा सर्वपक्षीय अनुगमन टोलीले लहान नगरपालिका वडा नं ५ र वडा नं ४ र वडा नं १८ स्थित मस्जिदहरुको अनुगमन गरेको हो ।

मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिएअनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरत थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button