तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक प्रहरीलाई पिपिइ सहयोग

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग प्राप्त भएको छ । रेमण्ड सप र प्रभु बैँकले सोमबार १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए ।

कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेका बेला पिपिइ उपलब्ध गराएकामा ढकालले धन्यवाद दिनुभयो । उहाँले उक्त पिपिइ लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी सङ्क्रमण हुनबाट सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

सपका अध्यक्ष सञ्जय अधिकारीले विपद्को समयमा आम नागरिकको सहयोगका लागि सदैव क्रियाशील रहेको जनाउँदै आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सजगताका उपायहरू अपनाएको जानकारी दिनुभएको छ । उहाँले स्वास्थ्यकर्मीसहित प्रनाउको कमाण्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड, ड्युटीमा कम्तीमा दुई मिटर दूरीमा नागरिकसँग दूरी कायम गर्ने व्यवस्था मिलाएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button