तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर नगरपालिकाद्वारा वडावडामा कोरोना भाइरसको परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले वडावडामा कोरोना भाइरसको परीक्षण सुरु गरेको छ ।

संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको र्यापिड किटबाट कोरोना भाइरस परीक्षण सुरु गरेको हो ।

भक्तपुर नगरपालिका १० कमलविनायकस्थित सरस्वती विद्यागृहमा आज नौ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी भोली भनपा ४ तालाक्व, वडा नं. ५ भगवतीस्थान र वडा नं. ९ इन्जिनियरिङ कलेज प्राङ्गणमा कोरोना परीक्षण गरिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

गत चैत्र १ गतेपछि विदेशबाट भक्तपुर आएका व्यक्तिहरुको र्यापिड किटबाट कोरोना परीक्षण सुरु भएको उहाँले जानकारी दिनुभयो । सबै वडामा परीक्षण गरिने भएकाले विदेशबाट फर्किएकाले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button