तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासंघ कैलालीद्वारा पत्रकारलाई राहत बितरण

धनगढी । नेपाल पत्रकार महासंघ, कैलालीले लकडाउनका बेला समस्यामा परेका पत्रकारहरुलाई राहत बितरण शुरु गरेको छ । धनगढी उपमहानगरपालिको समन्वयमा महासंघले राहत बितरण शुरु गरेको हो ।

बिशेष गरि घरभाडामा बसेका पत्रकारहरुलाई लक्षित गरि राहत बितरण शुरु गरिएको पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिनुभयो ।

पहिलो चरणमा धनगढी वेस भएर पत्रकारितामा सक्रिय २२ जना पत्रकारलाई राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।
यसैबीच पत्रकार महासंघ कैलालीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको अवधिमा सञ्चारगृह र सञ्चारक्रर्मीको घरभाडा मिनाहका लागि आग्रह गरेको छ ।
सञ्चारगृहको प्रकाशन÷प्रशारण बन्द रहेको यो अवस्थामा त्यहाँ कार्यरत सञ्चारक्रर्मी समस्यामा परेको भन्दै महासंघले घरभाडा मिनाह गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको सचिव मिन ठकुरीले बताउनुभयो ।

यस्तै कोरोना महामारीको रोकथाम तथा नियन्त्रण एवं ब्यस्थापनमा भएगरेका सूचना आमनागरिक समक्ष पुर्याउन महत्वपूर्ण भूमिका निभाएको भन्दै महासंघले सम्पूर्ण पत्रकारलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button