तपाईँ सुन्दै हुनुहुन्छः

किटनासक औषिधी छर्केपछि मात्र सिन्धुपाल्चोकमा खाद्यान्न गाडीले प्रवेश पाउने

चौतारा । सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाकामा खाद्यान्न र तरकारी लगायत अत्यावश्यक सामान बोकेका मालबाहक गाडीहरुमा किट्नासक औषधी छर्किने अभियान सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकको व्यवस्थापनमा जिल्ला प्रवेश गर्ने प्रमुख नाका बन्देउमा आजबाट जिल्ला भित्रने मालबाहक गाडीमा किटनासक औषधी छर्कने अभियान सुरु भएको हो ।

लकडाउनको अवस्थामा पनि खाद्यान्न लगायत तरकारीहरु अन्य स्थानबाट निर्वाध भित्रिन थालेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयहरु त्रसित थिए । स्थानीयहरुले त्यस्ता गाडीहरुलाई पनि प्र्रवेश निषेध गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए ।

स्थानीयहरुको मागलाई मध्यनजर गर्दै कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि रेडक्रससँग समन्वय गर्दै मालबाहक गाडीमा किट्नासक औषधी छर्कने व्यवस्था मिलाइएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button