तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ : सप्तरीको सप्तकोशीमा ९७ जनाको आरडिटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

राजविराज । कोरोना भाइरस(कोभिड–१९)को आशंका बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाम र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणलाई निरन्तरता दिइएको छ ।

मेयर उत्तमकुमार गौतम, ४ नम्बरका वडाध्यक्ष बद्रिनारायण चौधरीलगायतका जनप्रतिनिधिसहित आइतबार ९७ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सप्तकोशी नगरपालिका २, सिद्धिपुरमा ६६ तथा वडा नं. ४ र १० गरी कूल ३१ जनाको आरडिटी गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव बताउनुभयो ।

यसअघि शनिबार वडा नं. १ फत्तपुर (पारुहाङ्ग चौक)का ७५ जनाको आरडिटी गरिएको थिए । सप्तकोशीमा कूल एक सय ७२ जनाको आरडिटी गरिएको छ । जसमध्ये स्थानीय ७१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई परिवारका दुई सदस्यसहित राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वाब संकलन गरी आइतबार पिसिआर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना पठाइएको छ ।

सप्तरीका कूल ८ जनाको स्वाबको नमुना परीक्षणका लागि पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताउनुभयो ।

त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमितले आश्रय लिएको पाइएपछि सप्तकोशी नगरपालिकाका विभिन्न स्थानमा आरडिटी टेस्ट सुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button