तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस : दैलेखमा  ३०२ जनाको रिपोर्ट नेगेटिभ

दैलेख  – कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा  जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले बताउनुभयो ।

विभिन्न पालिकाबाट पठाइएका ८८  स्वाब सङ्कलनको पनि  रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी र प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर वलीले बताउनुभयो ।

सङ्क्रमित  र ती आएको सवारी साधन सूक्ष्म रूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने कार्यलाई यहाँका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् । दैलेखमा निर्माण गरिएका ९५०  क्वारेन्टाइनमा अहिलेसम्म सात जना मात्र बसेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button