तपाईँ सुन्दै हुनुहुन्छः

आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज रु. पाँच अर्ब २० करोड बराबरको  ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको  ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको छ । सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ ।

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ । बैंकले यसअघि गत चैत ३० गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button