तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

धनगढी  – सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले संविधानबमोजिम सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन ९हिउँदे अधिवेशन० आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गर्नुभएको छ ।

कोरोनाबाट उत्पन्न वर्तमान परिस्थितिका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभा सचिवालयद्वारा आइतबार प्रकाशित सूचनामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रानुसार प्रदेशसभाको हिँउदे अधिवेशन विसं २०७७ वैशाख ७ गते राति १२ बजे लागू हुने गरी अन्त्य गरिएको उल्लेख गरिएको छ ।

गएको माघ ६ गते शुरु भएको हिँउदे अधिवेशनले पारित गरेको ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अन्य पाँच वटा विधेयक छलफलका क्रममा रहेका थिए । विधेयक अधिवेशनका रूपमा लिइने हिँउदे अधिवेशनको जारी बैठक गएको फागुन ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभामुखले स्थगन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button