तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा खटिएका प्रहरीको मृत्यु

ओखलढुंगा । सोलुखुम्बुमा लकडाउनमा खटिएका एक प्रहरीको डिउटी बसेकै बेला मृत्यु भएको छ ।

कोरोनाको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन कार्यान्वन गर्न डिउटीमा बसेका अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवलदार शिवप्रसाद भट्टराईको आईतबार बिहान करिब ३ बजे मृत्यु भएको हो ।

डुयुटीमै रहेको बेला शनिबार मध्यराती हवलदार भट्टाईको अत्याधिक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । अस्पताल पुर्याए पछि बेहोस भएका हवलदार भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिनुभयो ।

भोजपुर स्थायी घर भई हाल सुनसरीमा बस्दै आएका भट्टराईका श्रीमती दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button