तपाईँ सुन्दै हुनुहुन्छः

रामारोशन गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न वितरण

अछाम । अछामको रामारोशन गाउँपालिका बिभिन्न वडाहरुमा खाद्यान्नका सामाग्री वितरण भइरहेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनले गर्दा दैनिक ज्यालादारी काम गरी खाने पालिका भित्रका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न समाग्री वितरण सुरु गरिएको हो ।

रामारोशन गाउँपालिका वडा नम्वर १ मलातीकोटका १८ जना, वडा नम्वर २ चाफमाण्डौँका १८ जना, वडा नम्वर ३ शान्तडाका ३० जना घर परिवारलाई राहात स्वरुप खाद्यान्नका सामाग्री वितरण गरीसकिएको छ, भने आज वडा नम्बर ७ सुतारमा खाद्यान्नका सामाग्री तिवरण गरीएको गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउद भास्करले बताउनुभएको छ ।

यस्तै वडा नम्वर ५ रामारोशन र वडा नम्वर ६ भटाकाटीयमा राहत वितरणका लागि नामावली संकलन गरिएको छ ।

रामारोशन गाउँपालिकाको असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड, २०७६ मा आधारित भएर गाउँपालिकाबाट प्राप्त खाद्यान्न सामाग्री वितरण गरिएको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले प्रत्येक वडामा प्रत्यक वडाहरुमा राहात वितरणका लागि लक्षित व्यक्तिहरुलाई प्रतिव्यक्ति ३० केजी चामल, तीन केजी दाल, तीन प्याकेट नून, चार पोका तेल र चार वटा हातधुने साबुन वितरण गर्ने गरीएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button