तपाईँ सुन्दै हुनुहुन्छः

हरीपौरीको खेतमा एक वृद्ध मृत फेला

फाइल तस्बिर


तुलसीपुर ।
तुलसीपुर –१२ हरीपौरीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । घरबाट शुक्रबार निस्केका सोही ठाउँका मंगलबहादुर चौधरी हरीपौरीको खेतमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो ।

मृतकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । चौधरीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button