तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका छ सयभन्दा बढी मजदुर काठमाडौँमा अलपत्र

सल्यान । रोजगारीको शिलशिलामा काठमाडौंका विभिन्न इट्टाभट्टामा काम गर्ने सल्यानका छ सय बढी मजदुर अलपत्र परेका छन् ।रोजगारी खोज्दै काठमाडौं पुगेका उनीहरु तीन साता लामो लकडाउनका कारण इट्टाभट्टा बन्द भएपछि अलपत्र परेका हुन ।

लामो समयको लकडाउनका कारण जोहो गरेको खाद्यन्न सकिएपछि घर फर्किनु जस्तै बनेको बनगाड कुपिण्डे नगरपालिकाका सुरेश बुढामगरले बताउनुभयो ।

सरस्वती एच इट्टाभट्टामा काम गर्दै आएका बुढा मगरले आफुसँगै छ सय बढी सल्यानका मानिस रहेको बताउनुभयो । उहाँले भन्नुभयो हामी यहाँ छ सय बढी छौं । एक सय २० जना जना पूर्ण रुपमा समस्यामा परेका छन् । उनीहरुसँग खानेकुरा नै सकिएको छ । यहाँ बसेर भोक भोकै मर्नुभन्दा घर जाने वातारण मिलाइदिनु पर्यो ।

काम गर्नेसँगै साना बालबालिका भएका हिडेर आउन थप समस्या भएको शारदा नगरपालिका १५ की लिलादेवी कंवरले बताउनुभयो ।

आफूहरुलाई खान बस्न समस्या भएको भन्दै घर फर्कने वातावरण मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छौँ । उहाँले भन्नुभयो उद्योग बन्द भएपछि हामीलाई खान बस्न समस्या भएको हो । यो अवस्थामा हामी घर फर्कन चाहन्छौं । जिल्ला फर्किएर १४ क्वारेनटाइनमा बस्न आफूहरु तयार भएको उहाँको भनाई छ ।

काम बन्द भएपछि राहतका लागि चाँगुनारायण नगरपालिकामा जाँदा राहत दिन नसकिने भन्दै रित्तो हात फर्काइदिएको मजदुर आइते पुनले बताउनुभयो ।

नगरपालिकाले विवरण त लियो तर अन्तिममा यतिधेरैलाई राहत दिन सक्दैनौँ भनी पन्छिएको उहाँको भनाई छ । साँझ बिहान खानलाई समस्या भएको बताउदै उहाँले लकडाउन थपिदै जाँदा थप कष्ट व्यहोर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button