तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय सरकारले आफ्ना नागरिकको खोजी सुरु गरे

मेलम्ची । लगडाउनको पच्चिस दिनपछि स्थानीय सरकारले आफ्ना नागरिकको खोजी सुरु गरेका छन् । आफ्ना नागरिकले कामको शिलशिलामा देशको अर्को स्थानमा समस्या व्यहोर्न परेमा सम्पर्क गर्न आह्वान गरेका हुन् ।

बाह्र स्थानीय तह रहेका सिन्धुपाल्चोकका पाँच स्थानीय तहले शनिबार राजधानी वा देशको जुनसुकैै स्थानमा खान, बस्न समस्या भएमा आफ्नो स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका हुन् ।

खान, वस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्था बारे जानकारी लिने प्रयत्न सुरु गरेका हुन् ।

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले शुक्रबार आफ्नो सामाजिक सञ्जाल मार्फत नगरबासी नागरिकमा केही समस्या भए खबर गर्न आग्रह गर्नुभएको छ ।

उहाँले कामको सन्दर्भमा देशको जुनसुकैै स्थानमा भएपनि नगरपालिकाले सुरक्षित रुपमा ल्याई १४ दिन क्वारेन्टाइनमा राखिने उल्लेख गर्नुभएको छ् ।

‘नगरपालिका को कोही नागरिक आफ्नो जन्मथलो फर्किन चाहनुभएको वा बाटोमा अलपत्र पर्नुभएको छ भने सम्पर्क गर्नुहोस,’ तामाङले लेखनुभएको छ । ‘नगरपालिकाले सुरक्षित रुपमा नगरसम्म ल्याई स्वास्थ्य जाँच पश्चात घर सम्म पुर्याउने व्यवस्था गर्छ ।’

उहाँले पालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइनको क्षमता १० वेड थप्ने, जुनसुकै जिललामा पुगेका नगरबासीलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button