तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजको गण्डक अस्पताललाई कोभिट–१९ अस्पताल बनाउने सहमति

बीरगंज । वीरगंज महानगरपालिका र गण्डक अस्पतालबीच कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि बीरगंजको गण्डक अस्पताललाई अस्थायी कोभिट–१९ अस्पताल बनाउने सहमति भएको छ ।

गण्डक अस्पतालले सम्झौता भएको अवधिभरका लागि निःशुल्क रुपमा अस्पताल भवन, बेडहरु तथा भवनमा जडित प्रयोग भइरहेका सम्पूर्ण उपकरणहरु महानगरपालिकालाई उपलब्ध गराउने भएको सम्झौतामा उल्लेख छ ।

बीरगंज महानगरपालिकाले गण्डक अस्पतालको व्यवस्थापन र उपकरणको मर्मत सम्भार जेनेरेटर खर्च, विद्युत महसुल, खाना खर्च लगायत अन्य सञ्चालनको खर्च व्यहोर्ने गरी सम्झौता भएको ीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले जानकारी दिनुभयो ।

महानगरपालिकाले गण्डक अस्पताललाई लिखित पत्र दिई सूचित गरेको २४ घण्टा भित्र अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने र अस्पतालमा भएका बिरामीहरुको व्यवस्थापन महानगरपालिकाको समन्वयमा हुने सम्झौतामा उल्लेख छ ।

त्यसैगरी चिकित्सक तथा अन्य जनशक्ति व्यवस्थापन गठन गरिने प्राविधिक समितिका संयोजक नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको निर्देशन अनुसार महानगरपालिकाले गर्ने सहमति भएको छ ।

कोभिड–१९ अस्पतालमा खटिने जनशक्तिको तलब, भत्ता, इन्स्योरेन्स तथा क्षतिपूर्ति नेपाल सरकारको नियमानुसार महानगरपालिकाले व्यवस्थापनको सहजिकरण गर्नु पर्ने सहमति भएको छ ।

महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतो र गण्डक अस्पतालका प्रमुख कार्यकारी अधिकृत मुतुवा अंसारी विच भएको सम्झौतामा महानगरपालिकाका प्रमुख विजय सरावगी तथा गण्डक अस्पतालका सञ्चालकहरुको रोहवर अन्सारी साक्षीमा रहनु भएको छ ।

यसअघि सरकारले नारायणी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयसँगै आवश्यक पूर्वाधार जुटाई सकेको छ ।

नारायणी अस्पतालमा कोरोना संक्रमण परिक्षणका लागि पिसिआर मेसिन जडानको प्रक्रियामा रहेको छ । संक्रमण फैलिएमा नारायणी अस्पतालले थेग्न नसक्ने भन्दै गण्डक अस्पतालसँग सम्झौता गरिएको नगरप्रमुख सरावगीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button