तपाईँ सुन्दै हुनुहुन्छः

सेल्फ आइसोलेसनमा बस्न र हिँडडुल नगर्न सुझाव

कोरोना संक्रमित काठमाडौंकी एक किशोरी आज उपचारपछी निको भएर घर फर्किनु भएको छ ।

चैत १० गते कोरोना संक्रमण पोेजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरी उपचार शुरु गरीएकोमा आज पूर्ण निको भएर उहाँ घर फकिएको फकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको रिपोर्ट नेगेटिभ आएकाले उहाँलाई डिस्चार्ज गरीएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्कनुभएको हो ।

उहाँ भन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किनुभएको थियो ।

यसैबीच, कोरोना संक्रमणको उपचारबाट निको भै घर फर्किनुभएकी ती महिलाले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

आफू संक्रमणबाट निको भएको भन्दै उहाँले आफू समयमै आइसोलेसनमा बसेकाले कोरोनाको संक्रमण फैलन नपाएको बताउनुभयो ।

उहाँले आशंका भएमा आसोलेसनमा बसिदिन आग्रह पनि गर्नु भयो ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै उहाँ काठमाडौं आउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button