तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ मन्त्रालयले बजेट तर्जुमालाई तिव्रता दियो


काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७।७८ को बजेट तर्जुमाको कामलाई तिव्रता दिएको छ । राष्ट्रिय योजना आयोगले दिएको आगामी बर्षको बजेटको सिलिङ तथा प्रस्तावित कार्यक्रमहरुको औचित्यता तथा प्राथमिकताहरु र कोरोना संक्रमणको कारण उत्पन्न अवस्था लगायतका बिषयहरुलाई ध्यानमा राखेर बजेट तर्जुमाको काम अघि बढाएको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेटको सिलिङ निर्धारण गर्दा र अहिलेको अवस्था फरक परेकोले आगामी बजेटका लागि गरिएको बजेटको प्राथमिकिरणलाई पुर्नप्राथमिकिकरण गर्ने, स्वास्थ्य क्षेत्र, नागरिकको सुरक्षा, रोजगारी अभिवृद्धि तथा कृषिको उत्पादन वृद्धि जस्ता बिषयलाई जोड दिएर बजेट तर्जुमाको काम जारी रहेको अर्थ सचिव शिशिरकुमार ढुङ्गानले जानकारी दिनुभयो ।

रेडियो नेपालसँगको कराकानीमा अर्थ सचिव ढुङ्गानाले हाल विभिन्न मन्त्रालयहरुले प्रस्ताव गरेका बजेटका मन्त्रालय क्षेत्रगत विषयमा छलफलको क्रम जारी रहेको पनि उल्लेख गर्नुभयो ।

बजेटको तयारीको क्रममा क्षेत्रगत छलफलका अतिरिक्त बजेट भन्दा अघि संसदमा प्रस्ततु गर्ने बजेटका सिद्धान्त तथा प्राथमिकताको अर्थतन्त्रको विकासको अवस्था सम्बन्धी प्रस्तुतीकरणका लागि पनि आवश्यक तयारी समेत मन्त्रालयले अघि बढाएको छ ।

नेपाल सरकारले प्रत्येक आर्थिक बर्षको बजेट तर्जुमा गरी अघिल्लो आर्थिक बर्षको जेठ १५ गते संसद समक्ष प्रस्तत गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

आगामी आर्थिक बर्षका लागि राष्ट्रिय योजना आयोगले एक सय ७० अर्बको हाराहारीको बजेटको सिलिङ अर्थ मन्त्रालयलाई दिएको छ ।

कोरोेना महामारीको कारणले अर्थतन्त्रमा पर्ने प्रभावका कारण बजेटको सिलिङमा फेरबदल हुन सक्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button