मकवानपुरमा चट्याङ लागेर तीन जना घाइते
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर राति तीन जना घाईते भएका छन् । शुक्रबार साँझ हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिका–२ बरायोटारमा तीन जना घाइते भएका हुन् ।
स्थानीय ४४ वर्षीय ठाकुर नेगीको घरमा चट्याङ पर्दा नेगीसहित अन्य दुई जना घाइते घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
चट्याङ लागेरै स्थानीय ४० वर्षीय अविनाश मुक्तान र ३७ वर्षीय मिलन लो पनि घाइते भएको अध्यक्ष मल्लले बताउनुभयो ।
चट्याङका कारण उनीहरुलाई सामान्य चोट लागेको र उपचारको लागि राक्सिराङ गाउँपालिकाको स्वास्थ्य टोली पठाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
चट्याङबाट नेगीको घरमा सामान्य क्षति हुनुका साथै तीन वटा बाख्रा मरेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्