तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो 

काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो ।

नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए । योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमित देखिएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो ।

सहप्रवक्ता डा अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका र तिनीहरु नुरुी मस्जिदमा रहेका थिए ।

यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । १४ जना नयाँ सङ्क्रमितका बारेमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले ती सङ्क्रमितको सम्पर्क ९कन्याट्क टे«सिग० भइरहेको बताउनुभयो ।

उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन् ।

यसैगरी भरतपुर अस्पलातका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उहाँका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो ।

उहाँहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आउनुभएको थियो । बुधबार दु्रत जाँच ‘¥यापिड’ डाइग्नोष्टिक टेष्ट गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो ।

अधिकारीका अनुसार बिहीबार उक्त प्रयोगशालामा दुई पटकसम्म स्वाब परीक्षण गर्दा शङ्कास्पद देखिएपछि आमा र एक छोराको स्वाव काठमाडौँ पठाइएको थियो । उहाँहरुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला उच्च सर्तकता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शनिबार बिहानैबाट उहाँहरुले भेट गरेका मानिसको खोजी गरी क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button