तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति कार्यालयबाट नौ करोड ५० लाख सञ्चित कोषमा जम्मा

काठमाडौं ।  राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ / ०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु. नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)का कारण विशेष परिस्थिति उत्पन्न भएकाले उक्त रकम सो कोषमा जम्मा हुने व्यवस्था गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत स्पष्ट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button