तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता ठगीको आरोपमा दुई लाख जरिवाना

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित हिल्स मेडी सप्लायर्सलाई उपभोक्ता ठगी गरेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

संयक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा तोकिएभन्दा बढी मुनाफा लिई ह्याण्डवास र स्यानीटाइजर बिक्री गरेको पाएपछि जरिवाना गरेको हो ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिनुभयो ।

बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाइ खरिद मूल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन आदेश दिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button