तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा वन फडानी, केही काठ बरामद, तस्करको खोजी हुँदै

जनकपुरधाम । लकडाउनको मौका छोपेर धनुषा वन फडानी भइहेको छ । जिल्लामा थोरै वन भएको बेलामा भएको वन क्षेत्रमा पनि फडानी हुन थालेपछि स्थानीयबाँसी चिन्तित बनेका छन् ।

धनुषा जिल्लाको मिथिला नगरपालिकाको वडा नंं १ को तुरसीको ढाढखोला वन क्षेत्रमा कैयन थान साखुको रुख कटानी भएकको छ ।

स्थानीय जनप्रतिनिधिको संलग्नतामा भइरहेको वन फडानीपछि चुरे क्षेत्रमा थप वातावरणीय समस्या आउने चिन्ताले स्थानीय बाँसी चिन्तित बनेका छन् ।

लकडाउनका कारण प्रहरीहरु लकडाउन सफल बनाउने कार्यमा जुटेको र सर्वसाधारणहरु पनि घरमा नै रहेको मौका छोपेर तस्करहरु वन फडानीमा सक्रिय भएका हन् ।

तस्करहरुले रातिको समयमा वन फडानी गरेर महोत्तरीको बर्दिवास, किसानपुर, धनुषाको ढल्केवरसहितको बजार क्षेत्रमा लगेर बिक्री वितरण गरिरहहेको स्थानीय बाँसीले बताएका छन् । वन फडानीका लागि हात हतियार लिएर नै वन तिर जाने गरेको उनीहरु बताउँछन् ।

यसैबीच वन फडानी भएको विषयमा आफूलाई पनि जानकारी भएको बताउदै डिभिजन वन कार्यालय धनुषाका प्रमुख अशोक झाले आफूहरुले नियमित रुपमा गस्ति गरिरहेको र वन फडानी भएको क्षेत्रवाट ७५ थान अर्थात ४४ क्युफिट साखुको चिरान बरामद गर्नुका साथै वन फडानी गर्नेको खोजी भइरहेको बताउनुभयो ।

उहाँले आफैले नियमित रुपमा वनमा गस्ति गरिरहेको बताउँदै धनुषामा चुरे क्षेत्रमा वन रहेको र ६० वटा नाका भएकाले सीमित साधन श्रोतका कारणले सबैतिर गस्ति गर्नमा कठिनाई भएको बताउनुभयो ।
उहाँले वन फडानी भएको क्षेत्रमा खटिइएका कर्मचारीको संलग्नताको विषयमा अनुसन्धान अगाडी बढाएको बताउनुभयो । वन फडानी गर्ने कार्यमा कर्मचारीको संलग्नताको विषयमा छानविन र्भरहेको र कर्मचारी दोषी पाइएको खण्डमा कारवाही हुने पनि बताउनुभयो ।

सवारी साधनको अभाव भएपछि टक्टर तथा साइकल एवं पैदल गस्ति बढाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसै बीच प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले वन फडानी नियन्त्रणका लागि प्रदेशको आठ वटै जिल्लामा रहेको डिभिजन कार्यालयहरुलाई सक्रिय बनाईको बताउनुभयो ।

उहाँले वन फडानीमा जो सुक्कै संलग्न भएपनि कारवाही हुने बताउनुभयो ।

धनुषा जिल्लामा थोरै वन क्षेत्र भएपनि भएकोे वनमा लकडाउनको मौका छोपेर भइरहेको वन फडानीले चुरेको थप विनाश भई थप प्राकृतिक समस्याहरु उत्पन्न हुने वातावरण संरक्षण अभियान एवं प्रदेश सभाका सदस्य रामअशिष यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button