तपाईँ सुन्दै हुनुहुन्छः

रोटरीले दियो मेची अस्पताललाई ६ थान उच्चस्तरीय पीपीई, स्यानिटाइजर र मास्क

भद्रपुर, झापा । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पताललाई रोटरी क्लवले ६ थान उच्च गुणस्तरीय पीपीई सेट प्रदान गरेको छ ।

स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलकासाथ उपचार सेवाम ालाग्न सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लव अफ विर्तामोड र रोटरी क्लव अफ भद्रपुरले आज संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ ले उपलब्ध गराएको पीपीई सेट, १० लिटर स्यानिटाइजर र पाँच सय थान सर्जिकल मास्क प्रदान गरिएको रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईले बताउनुभयो ।

सामाजिक दूरीलाई कायम राख्दै मेची अस्पताल पुग्नुभएका रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, विर्तामोडकी अध्यक्ष निकिता गिरी, दुबै क्लवका पूर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिका पदाधिकारीहरुले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

वेलायतमा निर्मित पीपीई सेटमा गाउन, चश्मा, जुत्ता रहेको र एक सेटको मूल्य १७ हजारदेखि २५ हजारसम्म पर्ने रोटरी विर्तामोडकी अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

सामाजिक सेवामा समर्पित रोटरीले हालको संकटको बेला विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री र विपन्न वर्गका मानिसलाई रहतका लागि स्थानीय तहहरुमार्फत खाद्यान्न र नगद सहयोग गर्दै आएको छ ।

यसअघि, विर्तामोड रोटरीले नगरपालिकाको राहत कोषमा एक लाखभन्दा बढी नगद जम्मा गरेको छ भने आजै पीपीई प्रदान गरिने विर्तामोड रोटरीका पूर्व अध्यक्ष मिनप्रकाश मैनालीले जानकारी दिनुभएको छ ।

त्यस्तै भद्रपुर रोटरीले साढे २२ क्विन्टल चामल भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमाउपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button