तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले छाना उडाएपछि टहरामा बास

बनेपा-बिहीबारको हावाहुरीले घरको छाना उडाएपछि बनेपा नगरपालिका–९ मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको परिवार नजिकैको जस्ताको टहरामा बस्न बाध्य भएको छ । हावाहुरीले ढुङ्गामाटोले बनेको घरको छाना उडाएसँगै परेको असिनापानीले घरको अन्नपात र लत्ताकपडासमेत भिजेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवर चौ प्रधानले बताउनुभयो ।

“हावाहुरीले घरको छाना उडाएर असिनापानीले सबै भिजेर समस्यामा परेका मगर परिवारलाई हामीले तत्काल त्रिपालको व्यवस्था गरेर नजिकैको टहरामा बस्ने व्यवस्थाका लागि सहयोग ग¥यौँ ।” चौ प्रधानले भन्नुभयो, “दिउँसो पनि पानी परेपछि सानो टहरामा बस्न र खानका लागि समस्या भएका कारण तत्कालका लागि केही राहतको व्यवस्था गरेका छौँ ।”

स्थानीय बासिन्दा महेश्वर थापामगरका अनुसार हावाहुरीले मगर गाउँमा रहेका करिब १५÷१६ टहरासमेत उडाएकामा रमेश र बैजुको घरमा धेरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार हावाहुरीले घरको छाना उडाउँदा करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button